नियम २२
भिसा नियमित गर्ने
प्रचलित कानून बमोजिम कारवाहीको सिलसिलामा कुनै विदेशी थुनिएमा वा थुनिएको आधिकारिक जानकारी प्राप्त भएमा वा निज उपर कुनै कानुनी कारवाही चलेकोमा सोको
किनारा नभएसम्मको लागि नेपालमा निजको उपस्थिति आवश्यक पर्ने अवस्था भएमा विभागले निजलाई सोही व्यहोरा उल्लेख गरी ऐनमा ब्यवस्था भए अनुसार भिसा नियमित गरिदिनु पर्नेछ । थुनाबाट मुक्त भएको वा कानुनी कारवाहीको किनारा लागेको मितिले सामान्यतया सात दिनभित्र त्यस्तो विदेशीलाई नेपालबाट निष्काशन वा प्रस्थान गराउन सकिनेछ ।